गुगल तस्विर ।

हेटौंडाः बागमती प्रदेशको धादिङ र काभ्रेपलान्चोक जिल्लामा एकै दिन २ जना मृत फेला परेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएअनुसार धादिङ जिल्लाको रोराङ गाउँपालिका–३ मलेखु बेनिघाट स्थित त्रिशुली नदीको किनारामा एक जना वृद्धा मृत फेला परेकी छिन् । मृत फेला पर्ने रोराङ गाउँपालिका–३, सलाङघाटकी ८३ वर्षीया गोमादेवी पाण्डे रहेको प्रहरीले जनाकारी दिएको छ । वृद्धा शुक्रबार बिहान ९ बजेको समयमा त्रिशुली नदीको किनारामा मृत फेला परेकी हुन् ।

यस्तै, काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–२, डाँडाखेतमा एकजना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ३५ वर्षीय उद्धव प्रसाद चौलागाई रहेको प्रहरीले जनाकारी दिएको छ । चौलागाई बुधबारदेखि घरबाट हिँडेको आफ्न्तले खोजतलास गर्दा शुक्रबार बिहान ७ बजेको समयमा घर भन्दा पर कुलेसोमा मृत फेला परेका थिए ।