हेटौँडाः बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता जगन्नाथ थपलियाले भूकम्प प्रभावित क्षेत्रमा जोखिमप्रति सजग रहँदै तत्काल राहत र उद्दारको काममा लाग्न अनुरोध गर्नुभएको छ ।
पूर्व अर्थमन्त्री समेत रहनुभएका नेता थपलियाले शनिबार एक अपिल पत्र जारी गर्दै भूकम्पमा परी कैयौं व्यक्तिहरु बेपत्ता भइरहेको, स्वास्थ्य केन्द्र र अस्पतालहररु बिरामीले भरिएको तथा मध्यरातिमा भूकम्प गएकोले ठूलो मानवीय क्षति भएकोले स्थानीय स्वास्थ्य संस्थाले थेग्न सक्ने अवस्था समेत नरहेको उल्लेख गर्दै यस्तो बेला बेपत्ताहरुको खोजी, घाइतेहरुको उद्दार गरी उपचार तथा भूकम्प प्रभावित नागरिकहरुको उचित व्यवस्थापनमा जुट्न नेपाल सरकार, कर्णाली प्रदेश सरकार, स्थानीय सरकारहरु तथा सम्पूर्ण आमनेपालीजनमा अपिल गर्नुभएको छ ।
“कार्तिक १७ गते राती पश्चिम नेपालको जाजरकोट जिल्ला केन्द्रविन्दु बनाई गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुनाउन पुगेका नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहसहित सम्पूर्ण मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।” थपलियाले अपीलमा भन्नभुएको छ । “भूकम्पमा परी घाइते भएकाहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताहरुको खोजी, घाइतेहरुको उद्धार गरी उपचार तथा भूकम्प प्रभावित नागरिकहरुको उचित व्यवस्थापनमा जुट्न नेपाल सरकार, कर्णाली प्रदेश सरकार, स्थानीय सरकारहरु तथा सम्पूर्ण आमनेपालीजनमा हार्दिक अनुरोध गर्दछु । साथै भूकम्पपछि पराकम्पहरु आइरहनसक्ने जोखिमप्रति सजग रहदै तत्काल राहत र उद्दारको काममा लाग्न सम्बन्धित सम्पूर्णमा अनुरोध गर्दछु” थपलियाले जारी गर्नुभएको अपिलमा उल्लेख छ ।