हेटौंडाः नेपालमा थप ३ सय २३ जनामा कोरोनाको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ८६ पुरुष र ३७ महिलामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयको आज नियमित पत्रकार सम्मेलनमा बताएको छ ।
नेपालमा यो सँगै ३ हजार २ सय ३५ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ३ सय ३५ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ३२ जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोनाको कारण हालसम्म १३ जनाको ज्यान गएको छ ।
हालसम्म प्रदेश नम्बर १ मा २ सय ४९ जना, प्रदेश नम्बर २ मा १ हजार ७७ जना, बागमती प्रदेशमा ९० जना, गण्डकी प्रदेशमा ७३ जना, प्रदेश नम्बर ५ मा १ हजार ६१ जना, कर्णाली प्रदेशमा ५ सय ७९ जना र सुदुरपश्चिम प्रदेशमा १ सय ६ जनामा कोरोनाको संक्रमण देखापरेको छ । नेपालमा हालसम्म ७७ मध्ये ७० जिल्लामा कोरोनाको प्रभाव परेको स्वास्थ्य तथा जनसंख्यम मन्त्रालयले जानकारी दिएको छ ।