हेटौंडाः बागमती प्रदेशमा आज शनिबार सम्म ९० जनामा कोरोनाको संक्रमण देखिएको छ । बागमती प्रदेशमा ९० जनामध्ये ३२ जनामा कोरोनाको उपचार पछि निको भएर घर फर्किएका छन् भने ५५ जना विभिन्न अस्पताल र आइसोलेसनमा उपचाररत रहेका छन् ।

उनीहरु पनि कोरोनालाई जिेतर आउने प्रदेश सरकारले अपेक्षा गरेको छ । प्रदेशमा ३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । बागमती प्रदेशमा दिनदिनै कोरोनाको संक्रमण बढ्दै गएको छ । प्रदेशले कोरोना नियन्त्रण सम्बन्धी कार्य गरेपनि सफल हुन भने सकेको छैन । बागमती प्रदेशको १३ जिल्ला मध्ये १२ जिल्लामा मात्र कोरोनाको प्रभाव देखिएको छ । बागमती प्रदेशमा हालसम्म ३ हजार ३ सय १३ जना क्वारेन्टाइनमा बसेका छन् ।