फाइल तस्वीर ।

हटियाः हेटौँडा–१७, हटियामा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । क्रियटिभ तेक्वान्दो एकेडेमीको आयोजना तथा राष्ट्रिय तेक्वान्दो संघ मकवानपुर, बागमती प्रदेश खेलकुद विकास परिषद्, खेलकुद विकास समिति हेटौँडा–१७, हेटौँडा उपमहानगरपालिका वडा–१६, १७ र १८ नम्बर वडाको सहकार्यमा प्रतियोगिता भएको हो ।

शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा २० भन्दा बढी जिल्लाबाट करिब ३ सय ५० जना खेलाडी सहभागी भएको आयोजक समितिका संयोजक भोजराज पराजुलीले जानकारी दिनुभएको छ । प्रतियोगिताका लागि स्वर्ण, कास्य र रजत पदक मकवानपुर जिल्ला खेलकुद विकास समितिले उपलब्ध गराएको छ ।

प्रतियोगिताम प्रथम, द्वितीय र तृतीय हुनेले स्वर्ण, रजत तथा कास्य पदकसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । वेस्ट फाइटर, टिम फस्ट र अनुशासित टिमले सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा करिब ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।