हेटौंडाः आगामी मंसिर ५ गतेदेखि सुरु हुने स्वर्गीय सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौंडा च्यालेन्ज फुटबल प्रतियोगिताका लागि एफसी मुण्डियाललाई आर्थिक सहयोग प्राप्त भएको छ । शुक्रबार बिहान हेटौंडा–४ पारिजातपथस्थित दाजुभाइ स्वीट्स एण्ड फास्टफुडले प्रतियोगिताको दोस्रो पुरस्कारका लागि आर्थिक सहयोग गरेको हो ।
दाजुभाइ स्वीट्सका सञ्चालक नवराज गौतमले मुण्डियालका प्रमुख सुविन घिमिरेलाई नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गर्नुभएको हो । प्रतियोगिताको पहिलो पुरस्कार स्वर्गीय सुदर्शन घिमिरेको परिवारबाट प्रदान गरेको छ । प्रतियोगिताको विजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसअघि प्रतियोगिताका लागि हेटौंडा सिटी कलेजले ६५ हजार रुपैयाँ र एसियन पेन्ट्सका मार्केटिङ अफिसर प्रकाश बस्नेतले २५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा प्रतियोगिता आयोजना हुँदैछ ।










