हेटौंडाः जेसिआई हेटौँडा लेडीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बिहिबार हेटौँडा–२ सूगत ओम बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ । जेसिआई हेटौंडा लेडि वर्ष २०२३ को शाखा अध्यक्ष डिलमाया घर्तीको सभाध्यक्षता तथा हेटांैडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा खाद्यान्न सामग्री सहयोग कार्यक्रम भएको हो ।
जेसिआई हेटौंडा लेडी २०२३ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोश्रो दिन ओम बृद्धाश्रममा चामल २ बोरा, तेल ५ लिटर, दाल ५ किलो, चिनी ५ किलो, फ्रुटी १ काटुन, चिउरा ५ किलो, पिठो ५ किलो, फुरन्दाना ४ पाकेट, दालमोट २ किलो, बिस्कुट १ काटुन लगायत अन्य १० थरिका खाद्यान्न सामग्री सहयोग गरेको आश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठले बताउनुभएको छ । बिहिबार नै बैठक सञ्चालन सम्बन्धी तालिमको पनि आयोजना गरिएको छ । जेसीआई हेटौँडा लेडीले बुधबारबाट जेसीज सप्ताहको आयोजना गरेको हो । पहिलो दिन रक्तदान र वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो ।
