गाउँपालिकाले राहत वितरणका लागि लगेको खाद्यान्न ।

हेटौंडाः मकवानपुरको पूर्विक्षेत्रस्थित बकैया गाउँपालिकाको १ नम्बर वडाका ८ सय घरपरिवारलाई राहत वितरण गरिएको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले आव्हान गरेको लकडाउनका कारण प्रभावित बनेका स्थानीयलाई गाउँपालिकाले राहत सामग्री वितरण गरेको हो ।

हिजो शुक्रबार गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, कार्यपालिका सदस्य लक्ष्मी माझीसहित गाउँपालिकाका कर्मचारी १ नम्बर वडा पुगेर राहत वितरण गरेको हो । गाउँपालिकाले प्रतिपरिवार १५ केजी चामल, १ लिटर तेल र एक केजी नुन वितरण गरेको हो । खाद्यान्न उत्पादन हुने कमजोर क्षेत्रको रुपमा रहेको १ नम्बर वडालाई खाद्यान्न वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दामोदर खनालले जानकारी दिनुभयो ।