हेटौंडाः राष्ट्रिय “भिटामिन ए” कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ । बालबालिकाहरुलाई नेपाल सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा दुई पटक भिटामिन ए खुवाउने गरेको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी लक्ष्मण घिमिरेका आनुसार मकवानपुरको हरेक पालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयमुसेविकामार्फत ६ महिनादेखि ५९ महिनाका बालबालिकाहरुलाई भिटामिन ए खुवाउने भएको छ । साथै, १ वर्षदेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई जुकाको औषधी खुवाउने घिमिरेले बताउनुभयो ।
नेपाल सरकारले भिटामिन ए खुवाउने निर्धारित समय कात्तिक २ र ३ गते रहेको थियो । यस वर्ष दसैं परेकोले उक्त कार्यक्रम कात्तिक १७ र १८ गते सारिएको हो । मकवानपुरमा हरेक पालिकाले कार्यक्रमको तयारी गरिरहेको छ । महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका मार्फत खुवाइने खोप हरेक पालिकामा पठाइसकेको घिमिरेले जानकारी दिनुभएको छ ।











