मदिरा नष्ट गरिँदै ।

हेटौँडाः दसैं सकाएर काठमाडौं फर्कँदै गरेका यात्रुको सवारी साधनमा गाउँबाट कोसेलीको रुपमा लिएर गएको घरेलु मदिरा प्रहरीले बाटैमा नष्ट गरिदिएको छ । शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेको समयसम्ममा कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका–१२, ठिंगनमा प्रहरीले सवारी साधनलाई रोकी सुरक्षाजाँच गर्ने क्रममा बरामद भएका घरेलु मदिरा ३ सय ७५ बोतल नष्ट गरेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभएको छ ।

प्रहरीले सुरक्षाजाँच गर्दै ।

प्लास्टिकका बोतलमा लिएर गएका कोसेली बरामद गरी प्रहरीले सम्बन्धित व्यक्तिलाई नै नष्ट गर्न लगाएको हो । विदेशी मदिराको सहजै व्यापार, ओसारपसार भइरहेको तर, घरेलु मदिरालाई पनि नियन्त्रण गरिएको भनी सरकारको निरन्तर आलोचना भइरहेका बेला कोसेलीस्वरुप लिएर गएका घरेलु मदिरा समेत प्रहरीले नियन्त्रण लिएर नष्ट गरेको छ ।