हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ५६ जना थुनुवाले हिरासतमै दसैँ मनाउने भएका छन् । बिहिबारसम्म प्रहरी हिरासतमा रहेका मध्ये ५६ जनाले हिरासतमा दसैँ मनाउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अहिले हामीसँग ५९ जना थुनुवा हिरासतमा रहेका छन्, शुक्रबारसम्म जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहारको मुद्दा फैसला हुने समय रहेको छ, त्यसबाट अभद्र व्यवहार मुद्दाका ३ जना छुट्नेछन् बाँकी रहने ५६ जनाले हिरासतमा दसैं मनाउने र अरु थपिन पनि सक्छ ।” हिरासतमा रहेका मध्ये ८ जना अभद्र व्यवहारको मुद्दाका छन् भने अरु ५१ जना अदालतमा पेश गर्नुपर्ने थुनुवा रहेको प्रवक्ता भण्डारीले बताउनुभयो ।
प्रहरीको हिरासतमा केही समयअघि एक सय ३ जना भन्दा धेरै थुनुवाको रहेकोमा केही अदालत पेस भए भने केही छुटेका छन् । प्रहरीले अभद्र व्यवहार, ज्यान मुद्दा, चोर डकैतीमा २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्छ पाउँछ भने लागुऔषध मुद्दामा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।