जीवन भनेको नै अनेकौँ सुख दुःखको यात्रा हो । जीवनको यात्रामा झरी बादल, उकाली ओराली आउनु कुनै अनौठो कुरा पनि होइन । अनगिन्ति भञ्ज्याङ र चौतारीलाई पार गर्दै ठूल—ठूला जङ्घार, खोला, पाखा, पखेरालाई मित्रतामा परिणत गर्दै अगाडि बढ्नु चुनौति पनि त हो । कुनै रहरले त कुनै कहर अनि कुनै मनोरञ्जनले विभिन्न यात्राहरूमा होमिनु पर्ने रहेछ । जीवनको महत्त्वपूर्ण यात्रामा निस्कनुको मज्जा बेग्लै हुँदो रहेछ अनि पैसाले कतिपय यात्राहरु पनि किन्न नसकिने रहेछ ।

यस्तै यात्रा गर्ने क्रममा २०७८ पुसको अन्तिम साता स्कुलले भ्रमण लाने भने सूचना पाइयो । हामी सबै तयारी तर्फ लाग्यौँ । बिहानै ४ बजे नै उठेर हाम्रो यात्रा हेटौंडाबाट घले गाउँसम्मको सुरु भयो । म र मेरा साथीहरु उत्सुकताले रातभर सुतेका थिएनौँ । फोनद्वारा साथीहरुसँग बोल्दा तीन बजिसकेछ । त्यसको पत्तो पाएनौँ । तीन बज्नासाथ म र मेरा साथीहरुको तयारी सुरु भयो । हामी सबैजाना एकैचोटी आआफ्ना घरबाट तयार भएर निस्क्यौँ । स्कुल पुग्दा त मेरा अन्य साथीहरु हाम्रै पर्खाइमा बसेका रहेछन् । हामी सबै खुसी साथ बस्यौँ । हाम्रो बसको यात्रा सुरु भयो । हामी सबै गीत सुन्दै नाच्दै रमाइलो गरिरहेका थियौँ । हामीले खाना खान आँबुखैरेनीमा लाग्यौँ । भोकले चुर भएको बेला सबैले मज्जाले पेट भर्यौ ।

त्यस्पछि हाम्रो यात्राले आफ्नो रफ्तार अगाडि बढायो । हामी बेलुका ७ बजे आफ्नो गन्तव्यमा पुग्योैँ । आ–आफनो होमस्टेमा सामान राख्यौँ । रोदी हेर्न जानका लागि तयार भयौँ । साच्चै रोदी घर रोदी घरजस्तै थियो । त्यँहाको दृश्यले मेरो म नै महोक बनाएको थियो । नाच हेरिसकेपछि हामी हाम्रो होमस्टेमा फर्कियौँं । हामी सबै भोकाएका थियौं । हामी होमस्टेमा पुगेपछि हाम्रा लागि खाना तयार भएको रहेछ । रातको समयमा केही नाचगान गर्दै कुराकानीमा रमाउँदै भिडियो र फोटो खिच्नसमेत भ्यायौँ । समयको बारेमा हामी अनविज्ञ थियौं । हाम्रा अन्य साथीहरू अर्को घरमा थिए । हामीले सोच्यौं कि तिनीहरू सुतिरहेका छन् तर तिनीहरू हामीलाई डराउनका लागि सुत्न पर्खिरहेका रहेछन् ।

रातको १० बजेपछि ओछ्यानमा निद्रादेवीलाई भेट्न गयौँ । तिनीहरूले आवाजहरू निकाल्न थाले जुन धेरै डरलाग्दो थियो । म निदाइरहेको थिएँ तर मेरा साथीहरू बसका केही भिडियोहरू हेरिरहेका थिए । मेरा साथीहरू यति डराए कि उनीहरूले मलाई ब्युँझाइदिए । जब म ब्यूँझें, हामीले धेरै आवाजहरू सुन्यौँं । कोही छ वा छैन भनेर ढोकामा हेरेँ । कोही भेटिएन । सबैतिर अँध्यारोको राज थियो । जब हामी हाम्रा साथीहरू सेतेका छन् कि छैनन् भनेर हेर्न गयौंँ । हामीले किन हाँस्नुभयो भनेर सोध्दा उनीहरू अझै हाँसिरहेका थिए । तिनीहरूले ती आवाजहरू कसले यस्तो आवाज रातको समयमा निकाले भन्ने प्रश्नमा प्रतिउत्तर थियो कि थाहा छैन । । अब हामी सबै डराएको थियौं र आफ्नो घरमा बसेर बिहान फर्कियौंँ ।

बिहान निद्रा नै नपरी उज्यालोले बालायो । उज्यालोको मायाप्रेममा अल्झेको जिन्दगीले अर्को गन्तव्य खोज्दै थियो । हामीले त्यस ठाउँलाई माया मार्ने सोच बनाई त्यहाँबाट अर्को स्थानमा जान आफ्ना सामानहरू प्याक गर्यौ । हामी बन्दीपुर जाने तयारीमा लाग्दै गर्दा फूल र टीकाले विदाइ गरेको दृश्यले हाम्रो मन भावुक भएको थियो । बन्दीपुर पुग्दा हामी सबै भोकाएका थियौं । बिहानको ११ बजे हामीले आफ्नो पेटको मुसा मार्न पायौँ । हाम्रा केही साथीहरू आफ्ना शिक्षकहरूसँग हिल चढ्न गएका थियौँ । हाम्रो परिवारका लागि केही कुराहरु तथा मायाको चिनो किन्न गयौँं । विभिन्न देशका पर्यटकसँग गफ गर्दा रमाइलो नै भएको थियो । घुम्दा घुम्दा थकाइले हामीलाई माया गर्दै थियो । हामी चाँडै सुत्यौंँ । गोरखाका लागि चाँडै उठ्यौं र बिहानै गोरखा लाग्यौ । गारेखाको साँघुरो बाटोमा घुमाइरहँदा केही साथीहरु पछि पनि घुमिरहेका थिए । मन्दिर र दरबारको दर्शन गरेर हामी आफ्नो बासस्थानतर्फ लाग्यौँ ।

साथीहरूसँग बिताएको सबैभन्दा अचम्मको समय थियो जुन म कहिल्यै बिर्सन सक्दिनँ कि यो धेरै अविस्करणीय थियो । अलिकति डरलाग्दो भएपनि हाम्रा साथीहरूले हामीमा ठट्टा गरे तर हामीलाई अहिलेसम्म थाहा थिएन कि हाम्रो ढोका कसले ढकढक गर्यो भनेर । बन्दीपुर र गोरखामा म यसरी नै अर्कोपटक साथीहरूसँग कतै जान पाऊँ भन्ने कामना गर्छु । विदेशी तथा आन्तरिक पर्यटकहरु पदयात्रामा निस्किनु सुन्दर पक्ष हो भने हामी नेपालीले आफ्नै देश नेपाललाई चिन्न सके मात्र संसारलाई चिनाउन सकिन्छ, त्यसैले तपाईँ हामीले आन्तरिक घुमघामलाई अभियानकै रुपमा अगाडि बढाऔँ र देशलाई समृद्धिको बाटोतर्फ उन्मुख पारौँ ।

कक्षा १२, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट