Home मुख्य समाचार विद्यार्थीलाई खाद्य सामग्री सहयोग

विद्यार्थीलाई खाद्य सामग्री सहयोग

कार्यक्रम गरिदैको तस्वीर ।

हेटौंडाः सिमान्तकृत समुदायको शिक्षा नेतृत्व विकास कार्यक्रमअन्तर्गत सिमान्तकृत विद्यार्थीका लागि खाद्य सामग्री सहयोग गरिएको छ ।

शुक्रबार हिमराइट्स नेपाल मकवानपुरको आयोजनामा मकवानपुरको मनहरी गाउँपालिका–३, सिद्धकालीस्थित प्रजा आधारभुत विद्यालयका विद्यार्थीलाई खाद्य सामग्री सहयोग गरिएको प्रधानाध्यापक तुलबहादुर सुनारले जानकारी दिनुभयो ।

विद्यालयलाई चामल, तेल, नुन, चिउरा र साबुन सहयोग गरिएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चेपाङको प्रमुख आतिथ्य रहेको थियो । हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाईबाको पनि उपस्थितिमा खाद्य सामग्री वितरण गरिएको हो ।

Exit mobile version