हेटौंडाः बागमती प्रदेशका चितवन जिल्लामा एकै दिन २ जना मृत फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । राप्ती नगरपालिका–४ डडुवामा एक जना वृद्ध मृत फेला परेका छन । मृत फेला पर्नेमा ७५ वर्षीय केशर बहादुर प्याकुरेल रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो १ बजेको समयमा वृद्ध आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत्त फेला परेका थिए । प्रहरीले अनुसन्धानका क्रममा वृद्ध बिरामी रहेको र मादक पदार्थ सेवन गर्ने गरेको पाइएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
यस्तै, चितवन जिल्लाका भरतपुर महानगरपालिका–२८ सिशावसमा एक जना पुरुष मृत फेला परेका छन । शुक्रबार साझँ ५ बजेको समयमा नारायणी नदीको बिच भागको घाँसे वगरमा हाल नाम थर वतन नखुलेको शव सडि गलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।