फाइल तस्वीर ।

हेटौंडाः मोतिविन्दु देखिएका ७१ जनाको बिरामीहरुको निःशुल्क आँखाको शल्यक्रिया भएको छ । तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङमा बिहीबार र शुक्रबार २ दिनमा ७१ जनाको आँखाको निःशुल्क शल्यक्रिया भएको हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख सुधीर श्रेष्ठले जनाकारी दिनुभयो ।

तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा ५ सय जनाले आँखा जाँच गराएका थिए । शिविर फुर्के, मोरिया, गोगने, देउखेल, नौखण्डे, टौखेल, बज्रबाराहीलगायतका स्थानमा भएको थियो । शिविरमा आँखा जाँच गराएका मध्ये ७३ जनामा मोतिविन्दु भेटिएको थियो ।

मोतिविन्दु भेटिएपश्चात् हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखाको शल्यक्रिया गरिएको श्रेष्ठले जानकारी दिनुभयो । पछिल्लो समय हेटौंडा सामुदायिक आँखा अस्पतालको सहकार्य, सहयोगमा निःशुल्क शिविर हुँदै आएको छ, जसले धेरै स्थानका मानिसहले आँखा देख्न पाएका छन् ।