Home मुख्य समाचार भुटनदेवी माविका विद्यार्थीलाई छात्रवृत्ति वितरण

भुटनदेवी माविका विद्यार्थीलाई छात्रवृत्ति वितरण

विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरिँदै ।

हेटौँडाः हेटौँडा–४ स्थित भुटनदेवी माविका छात्रा विद्यार्थी र दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । दसैंको अवसरमा आयोजित साँस्कृतिक कार्यक्रममा विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो । ३०८ जना छात्रा र १५ जना दलित गरी ३ सय २३ जना विद्यार्थीलाई जनही ४ सय रुपैयाँका दरले १ लाख २९ हजार २ सय रुपैयाँ वितरण गरिएको हो ।

कान परीक्षण गर्ने उपकरण हस्तान्तरण गरिँदै ।

दसैंको अवसरमा आयोजित कार्यक्रममा विद्यार्थी र शिक्षकले नृत्य, गायन कला प्रस्तुत गरेका छन् । विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण कँडेलले कानको परीक्षण गर्ने उपकरण हस्तान्तरण गर्नुभएको छ । विद्यालयले हरेक वर्ष दसैं विदा अघि साँस्कृतिक कार्यक्रमको आयोजना गरेर विद्यार्थीलाई पर्व विदा दिने गरेको छ ।

साँस्कृतिक कार्यक्रममा नृत्य गर्नुहुँदै शिक्षकको समूह ।
Exit mobile version