Home खेलकुद लक्ष्मीमाया बज्राचार्य स्मृति भलिबलः दुम्सीडाँडालाई हराउँदै आग्रा सेमीफाइनलमा

लक्ष्मीमाया बज्राचार्य स्मृति भलिबलः दुम्सीडाँडालाई हराउँदै आग्रा सेमीफाइनलमा

आग्रा स्पोर्टस् क्लबको भलिबल टिम ।

हेटौँडाः हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा जारी २१ औं लक्ष्मीमाया बज्राचार्य स्मृति भलिबल प्रतियोगितामा आग्रा स्पोर्टस् क्बल सेमीफाइनलमा प्रवेश गरेको छ । शुक्रबार दिउँसो भएको पहिलो खेलमा दुम्सीडाँडालाई २५–१७, २५–२१ को सोझो सेटमा पराजित गर्दै आग्रा सेमीफाइनल प्रवेश गरेको हो ।

समूह क बाट विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको आग्राले समूह ग को उपविजेता दुम्सीडाँडालाई सहजै पराजित गरेको हो । क्वार्टरफाइनल चरणको दोस्रो खेल अहिले छहारी युवा क्लब र जेसीआई मकवानपुरगढीबीच भइरहेको छ । छहारी समूह ख को विजेता टोली हो भने मकवानपुरगढी समूह घ को उपविजेता टोली हो । आज क्वार्टरफाइनल चरणका खेलहरु हुनेछन् । भोलि शनिबार बिहान सेमीफाइनल चरणका खेल तथा भोलि दिउँसो फाइनल खेल हुनेछ ।

Exit mobile version