Home मुख्य समाचार २५ जनाले गरे रक्तदान

२५ जनाले गरे रक्तदान

रक्तदान गर्दै रक्तदाता ।

हेटौँडाः मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी आइकेओ युनियनको आयोजनामा भएको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । शुक्रबार हेटौँडा–४ स्थित मकवानपुर जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरमा रक्तदान कार्यक्रम भएको हो ।

क्योकुशिन कराते संघका अध्यक्ष बुद्धिनाथ न्यौपानेको सभाध्यक्ष तथा ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, समितिका पुर्व अध्यक्ष सानु कुमार लामा, कार्यालय प्रमुख माधव कोइराला, नारायणी कलेजका प्रिन्सीपल रघुनाथ खराललगायतको आतिथ्य रहेको थियो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको थियो ।

Exit mobile version