हेटौँडाः हेटौँडामा जारी स्व. कृष्णप्रसाद दाहाल स्मृति विद्यालयस्तरीय फुटबल प्रतियोगितामा आज शुक्रबार सेमीफाइनलका खेलहरु हुँदैछन् । हेटौँडा–६ स्थित गौरिटार रंगशालामा हुने सेमीफाइनल चरणमा निर्मल माविले गोरक्षनाथ माविको सामना गर्नेछ भने चन्द्रोदय माविले जनजागृति माविको सामना गर्नेछ ।
प्रतियोगिताको फाइनल खेल भोलि शनिबार हुनेछ । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २५ हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा २९ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।










