हेटौंडाः मकवानपुरमा बलात्कार तथा बालयौन दुरुपयोगका घटना बढिरहेको छ । पछिलो महिनामा मात्रै मकवानपुरमा ४ जनाले बलात्कारसम्बन्धी उजुरी दर्ता गरेका छन् । मकवानपुरमा एक महिनाको समयमा ४ जनाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बलात्कार सम्बन्धी मुद्दा दर्ता गरेका छन् ।

भदौ महिनामा ३ महिला र १ पुरुषले प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका हुन् । उजुरी दर्ता गर्नेमा ७ वर्षका २ जना बालिका, ८ वर्षीया १ बालक र २० वर्षीया १ महिला रहेको प्रहरी कार्यालयले जनाएको छ । यस्तै, भदौ महिना बालयौन दुरुपयोगमा भने ४ जना बालिकाले उजुरी दर्ता गरेका छन् । उजुरी दर्ता गर्नेमा ७ वर्षका एक जना, १५ वर्षका एकजना रहेका छन् भने १४ वर्षका २ जना बालिका रहेको प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।