सपना तिमीसँगै म सुतेँ । सपना तिमीसँगै म उठेँ । अनि केही पर भाग्छौ त्यसैले लक्ष्य भेट्टाउन म कुद्दै, कुद्दैछु र कुदिरहन्छु निरन्तर जबसम्म हुन्छ स्वस्थ मन सार्ने छु । तर पनि लक्ष्य चुन्न सारा बाधा हटाई म जुटेँ ।

कहिले नदी त कहिले हिमाल तर्दै, नाघ्दै म रमेँ । चारैतिर कालो बादल ढाक्दा पनि म दौडिएँ । उड्दै छ यो मन फराकिलो बन्दै कता–कता आकाशमा । कस्तो होला प्रगति तलाउमा सोँच्दै सोँच्दै म पौडिएँ ।

कहिले कता, कहिले कता उन्नति, प्रगति जता–जता । दुःख, पीडा कतै छैन । भवसागर छ । सयलको राजा समान छु त के कमी छ ऐयासीको । आऊ सबै रंगहरू स्वाद चखाउँछु महलको ।

बाबु ! बाबु भन्दै कहीँ आवाज सुन्दै म बिउँझिएँ । मस्त निद्रामा हराएछु । कता–कता जुरुक्क उठ्दा यो भेटिएँ । झसङ्ग भई आँखा मिच्दै अब यो शुभकार्य थाल्नुछ । सपना तिमी अब सपनामै हराउ । विपनामा पाइला चाल्नुछ ।

कक्षा–६, सिद्धार्थ शिशु सदन, हेटौँडा–५