क्वाट र रिग्वाड दुबै समूहबाट प्रथम स्थान हासिल गर्न सफल बागमती प्रदेशको टिम ।

हेटौंडाः हेटौंडामा सोमबार सुरु भएको सेपाक ताक्रो प्रतियोगिता सम्पन्न भएको छ । नेपाल खेलकुद महासंघ समाजवादीको आयोजना तथा नेपाल सेपाक ताक्रो संघको सहकार्यमा भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो ।

हेटौंडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता गरिएको हो । प्रतियोगितामा पुरुषतर्फको क्वाट समूहबाट बागमती प्रदेश प्रथम, गण्डकी प्रदेश द्वितीय र लुम्बिनी प्रदेश तृतीय भएको छ । रिग्वाड समूहबाट गण्डकी प्रदेश प्रथम, बागमती प्रदेश द्वितीय र लुम्बिनी प्रदेश तृतीय भएको छ ।

महिलातर्फको खेलमा क्वाट र रिग्वाड दुबै समूहबाट बागमती प्रदेश प्रथम, गण्डकी प्रदेश द्वितीय र कोशी प्रदेश तृतीय भएको छ । पुरुषतर्फको प्रतियोगितामा क्वाट समूहबाट बागमती प्रदेशले गण्डकी प्रदेशलाई २–० को सोझो सेटले पराजित गर्दै प्रथम भएको हो भने रिग्वाट समूहमा कोशी प्रदेशले बागमती प्रदेशलाई २–१ को सेटले पराजित गर्दै प्रथम हुन सफल भएको हो । महिलातर्फको दुबै खेलमा बागमती प्रदेशले २–० को सेटले पराजित गर्दै प्रथम हुन सफल भएको हो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले स्वर्ण, रजत र कास्य पदकसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा ७ वटा टिमको सहभागिता रहेको थियो ।