Home खेलकुद जेसीज कप फुटबलः सिमपानी र हाँडीखोलाको विजयी

जेसीज कप फुटबलः सिमपानी र हाँडीखोलाको विजयी

रेफ्रिलाई बल हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गरिँदै ।

हेटौँडाः जेसीआई चैनपुर (प्रस्तावित) को आयोजनामा मंगलबारबाट मनहरी गाउँपालिका जेसीज कप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताअन्तर्गत पहिलो दिन मंगलबार सिमपानी एफसी र हाँडीखोला यूथ क्लब विजयी भएको छ ।

उद्घाटन खेलमा सिमपानीले मनहरी ४ फुटबल टिमलाई २–० गोलअन्तरले हरायो । सिमपानीका लागि दुवै गोल राहुल थापा मगरले गरे । उनी म्यान अफ द म्याच घोषित भए । दोस्रो खेलमा हाँडीखोलाले खरंगा एफसीलाई १–० गोलअन्तरले हरायो । पहिलो हाफको अतिरिक्त समयमा विशाल प्रजाले गरेको गोल नै निर्णायक बन्यो । म्यान अफ द म्याच अभिषेक राई भए । कात्तिक १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मकवानपुरका १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५० हजार ५५५ रुपैयाँ र उपविजेताले २५ हजार ५२५ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि नगदसहित ट्रफीको व्यवस्था रहेको छ ।

प्रतियोगिताको उद्घाटन मनहरी गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवप्रसाद खनालले गर्नुभयो । उहाँले मकवानपुरको पश्चिमी क्षेत्रमा क्रियाशील जेसीजसँग सहकार्यका लागि मनहरी गाउँपालिका तयार रहेको बताउनुभयो । चैनपुर जेसीजका अध्यक्ष गणेशदर्पण अधिकारीको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो । प्रमोद अधिकारीको संयोजकत्वमा भएको उद्घाटन समारोहमा मनहरी गाउँपालिका ५ नम्बर वडा अध्यक्ष दीपेन्द्र अधिकारी, नेकपा एमाले मनहरी गाउँ कमिटी अध्यक्ष नविन सुवेदी, जेसीआई हेटौंडाका अध्यक्ष श्रवणकुमार बर्तौला, चैनपुर जेसीजका श्रीकृष्ण ढकाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतियोगितामा बुधबार बागमती प्रदेश प्रहरी गण हेटौंडा र रियल स्टार युवा क्लवको बीचमा खेल हुनेछ । कार्यक्रममा मनहरी ७ नम्बर वडा अध्यक्ष ठाकुरराम तितुङ, ३ नम्बरका कार्यबाहक अध्यक्ष हिराबहादुर प्रजा, ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा, कांग्रेस जिल्ला सदस्य नुरज पौडेल, मनहरी सभापति प्रकाश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय सभापति सञ्जिव पाठक, कांग्रेस मनहरी ८ नम्बर वडा सभापति भीमसेन लामा, बसामाडी जेसीजका अध्यक्ष जनक भण्डारी, हेटौंडा लेडीका अध्यक्ष दिलु घर्ती, मकवानपुरगढी प्रस्तावितका अध्यक्ष पुष्पराज पुडासैनी लगायतको आतिथ्य थियो ।

Exit mobile version