मन्त्रीपरिषद् बैठकमा सहभागी मुख्यमन्त्रीसहित मन्त्रीहरु । फाइल तस्वीर ।

हेटौँडाः बागमती प्रदेश सरकारले २ वटा कार्यविधि पारित गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम सञ्चालन कार्यविधि–२०८० र चेपाङ, वनकरिया, माझी, बोटे एकीकृतबस्ती तथा आवास कार्यक्रम (मकवानपुर, चितवन र धादिङ) सम्बन्धी कार्यविधि–२०८० स्वीकृत गरेको छ ।

यस्तै प्रदेश सरकारले ३ प्रदेश सभाको वर्षे अधिवेशन मंगलबार राती १२ बजेदेखि अन्त्य गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभएको छ । प्रदेश सरकारले प्रहरी भवन निर्माणका लागि सम्बन्धित कार्यालयलाई अख्तियारी दिने निर्णय पनि गरेको छ ।