Home खेलकुद मनहरीमा आजबाट जेसीज कप फुटबल

मनहरीमा आजबाट जेसीज कप फुटबल

प्रतियोगिताको तयारी अवस्थामा आयोजक ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा आज मंगलबारदेखि जेसीज कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता चैनपुर जेसीजको आयोजनामा हुन लागेको हो ।

युवाको व्यक्तित्व विकाससँगै खेलकुदको विकास, वडा दशैं, तिहारलगायत पर्वको शुभकामना आदानप्रदान गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको चैनपुर जेसीजका अध्यक्ष गणेश दर्पण अधिकारीले जानकारी दिनुभएको छ । प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार ५ सय रुपैयाँ र उपविजेता टिमले २५ हजार ५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुका लागि नगदसहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

१६ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा मसिने क्लब र एफसी सिमपानीबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा खैराङ एफसी र हाँडीखोला क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल कात्तिक १ गते हुनेछ । प्रतियोगितामा करिब ४ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ ।

Exit mobile version