फाइल तस्वीर ।

हेटौँडाः मकवानपुर जिल्ला क्रिकेट संघले आयोजना गरेको टि–२० क्रिकेट प्रतियोगिता वर्षाका कारण प्रभावित भएको छ । सोमबार बिहान हेटौँडा–४ स्थित हुप्रचौरमा उद्घाटनको तयारी गरिएको प्रतियोगिता वर्षाका कारण प्रभावित भएको हो । वर्षाका कारण प्रभावित प्रतियोगिता मंगलबार बिहानदेखि सुरु गरिने मकवानपुर जिल्ला क्रकेट संघले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाको सहयोगमा हुन लागेको टि–२० क्रिकेट प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहने छ । प्रतियोगिताको उपाधी विजेता टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित सिल्ड , मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागत उत्कृष्ट खेलाडीहरु वेष्ट बलर, वेष्ट व्याट्सम्यान र प्लेयर अफ द टुर्नामेन्टका लागि जनही १० हजार रुपैयाँको व्यवस्था गरिएको मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष करण महत्रा क्षेत्रीले जानकारी दिनुभएको छ ।