ढलान हाल्दै गर्दा भत्किएको पुल ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–१८, हर्नामाडीस्थित बरौली खोलामा ढलान गर्दै गरेको पुल भत्किएको छ । दोभानचौर र रामधुनी जोड्ने गरी बरौली खोलामा पुल निर्माणका लागि ढलान गर्दै गर्दा आज बिहिबार बिहान ११ बजेको समयमा भत्किएको हो ।

ढलान हाल्नका लागि जमिनमाथिको टेका कमजोर भएका कारण भत्किएको हो । पुल भत्किँदा ढलान गर्न खटिएका एकजना मजदुर घाइते भएका छन् । घाइते मजदुरको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।