सरोकारवालाका सुझाव टिपोट गर्नुहुँदै छलफलमा सहभागी प्रदेश सभा सदस्यहरु ।

हेटौँडाः बागमती प्रदेशको स्वास्थ्य स्वास्थ्य सेवा एने २०७५ लाई संशोधन गर्न बनेको विधेयक–२०८० माथि बुधबार हेटौँडामा छलफल भएको छ । शान्तिका लागि साझा अभियान (कोक्याप) ले प्रदेश सभाको शिक्षा, स्वास्थ्य तथा कृषि समिति र सरोकारवालाबीच छलफलको आयोजना गरेको हो ।

छलफलमा प्रदेश सभाको शिक्षा, स्वास्थ्य तथा कृषि समितिकी सभापति मीना पराजुली पोखरेलसहित समितिका सदस्यहरुको सहभागिता रहेको थियो । समितिकी सभापति र सदस्यहरुले जनस्तरबाट आवश्यक सुझावको अपेक्षा गर्नुभएको थियो । छलफलमा सहभागीले विधेयकमाथि सुझाव राख्दै गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्न ध्यान दिनुपर्ने सुझाव दिएका थिए । छलफलमा सहभागी प्रदेश सभा सदस्यहरुले ऐनलाई प्रभावकारी बनाउन विषयगत समितिले पनि सर्वसाधारण, सरोकारवाला र विज्ञ समूहसँग आवश्यक परामर्श गर्ने, सल्लाह, सुझाव लिने बताएका छन् ।