हेटौँडाः हेटौँडा–२, चौकीटोलका निरञ्जन देवकोटा त्रिशुली नदीमा बेपत्ता भएका छन् । सोमबार साँझ ५ बजेको समयमा धादिङ जिल्लाको बेनिघाटस्थित नयाँपुलबाट त्रिशुली नदीमा हामफालेका ३८ वर्षीय देवकोटा बेपत्ता भएका हुन् । के कारणले देवकोटा नदीमा हामफाले भन्ने यकिन हुन सकेको छैन ।
देवकोटाको खोजीमा परिवारका सदस्य मंगलबार घटनास्थलमा पुगेका थिए । स्थानीयले नदीमा हामफालेको देखे पनि सोमबार अबेरसम्म पहिचान खुल्न सकेको थिए । सोमबार मध्यराती मात्रै सामाजिक सञ्जालमा देवकोटाले बेनिघाट पुलमा बेवारिसे अवस्थामा रहेको भन्ने पाइएपछि परिवारले घटनाबारे थाहा पाएको बताइएको छ । सोमबार नै भीमफेदी–कुलेखानी हुँदै काठमाडौं पुगेका देवकोटा साँझ धादिङको बेनिघाट पुगेको बताइएको छ ।