हेटौंडाः बागमती प्रदेश राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको संस्थागत प्रशिक्षण तथा ५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । प्रतिष्ठानको बागमती प्रदेश अध्यक्ष बासु सिम्खडाको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष रीता थापा मगरको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा गायक अम्मर विरही गुरुङ, संस्थापक अध्यक्ष दुर्ग रायमाझी, पूर्वअध्यक्ष चन्द्र शर्मा र निवर्तमान अध्यक्ष रमेश बीजीको विशेष आतिथ्य थियो । कार्यक्रममा दीपक खड्का प्रशासनिक उपाध्यक्ष राधिका हमाल, महिला उपाध्यक्ष कृष्ण रेउले, उपाध्यक्ष राजु ढकाल, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका कार्यवाहक महासचिव शिरीष देवकोटालगायतको आतिथ्य थियो ।
कार्यक्रमका प्रतिष्ठानका निवर्तमान अध्यक्ष बीजीले हिजोका दिनमा हाम्रो पुर्खाले भोगेको जस्तै भोग्न नपरोस् भनि यस संस्थाको स्थापना गरिएको बताउनुभयो । लोकदोहोरी गीतलाई जोगाउनु पर्छ भन्दै उहाँले धेरै दुःख र संघर्षले यो ठाउँसम्म आइपुगेको उहाँले बताउनुभयो । मकवानपुर जिल्ला लोकदोहोरी प्रतिष्ठानका रवीन्द्र थिङले लोकदोहोरी गीतलाई संरक्षण तथा प्रवद्र्धन गर्नका लागि प्रतिष्ठानको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा युजन सम्मान उषा सुवेदी, भरत बाराकोटी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वउपाध्यक्ष ऋपिताण श्रेष्ठ, बागमती प्रदेशका १२ वटा जिल्ला अध्यक्ष तथा पदाधिकारीहरु र आजीवन सदस्यलगायतको उपस्थिति रहेको थियो ।