कोरोनामुक्त भएपछि शिक्षण अस्पतालको झ्यालबाट बाहिर अभिभावदन गर्नुहुँदै बायाँ फोटो र बेडमा रहनुहुँदा दायाँ । फोटोः दुर्गा पौडेलकी छोरा विप्लप पौडेलको फेसबुकबाट ।

हेटौंडाः कोरोना भाइरसको संक्रमणमुक्त हुनुभएकी हेटौंडा–४ की ५४ वर्षीया दुर्गा पौडेल घर फर्कनुभएको छ । हिजो सोमबार त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज हुनुभएकी पौडेल आज हेटौंडा आउनुभएको हो । पौडेलमा कोरोना भाइरस संक्रमण पहिचान भएपछि निक्कै हेटौंडामा निक्कै चासो र चर्चा भएको थियो । उपचारपछि कोरोनामुक्त भएर घर फर्किएको दुर्गा पौडेलका श्रीमान् अनन्त पौडेलले जानकारी दिनुभयो । १५ दिन अस्पतालको बसाईपछि कोरोनामुक्त भएर घर फर्किएको पौडेलको भनाइ छ ।