संकेतका लागि प्रयोग गरिएको फाइल तस्वीर ।

हेटौंडाः आज बिहान खसेको सुख्खा पहिरोका कारण अवरुद्ध भएको हेटौंडा–कुलेखानी–काठमाडौं छोटो मार्गको भीमफेदी–कुलेखानी खण्ड सुचारु भएको छ । पहिरो पन्छाएपछि केहीबेरअघिबाट बाटो सुचारु भएको हो ।

बाटो सुचारु भए पनि अझै पहिरो खस्न सक्ने जोखिम भएको बताइएको छ । बाटो विस्तारको काम भइरहेको भीमफेदी–कुलेखानी खण्डको जुरिखेतमा आज बिहान सवा ६ बजेको समयमा सुख्खा पहिरो गएको थियो ।