हेटौँडाः पूर्व पश्चिम राजमार्ग अन्तरगत हेटौँडा–१५, रातोमाटे चेकपोष्टबाट सुरक्षा जाँच गर्न खटिएको मकवानपुर प्रहरीले अवैध सुर्ति र चिनी नियन्त्रणमा लिएको छ ।

आइतबार पुर्व–पश्चिम सडक खण्डमा चेकिङ टोलीले रौतहटबाट काठमाडौ जाँदै गरेको ना ५ ख २६९४ नम्बरको यात्रु बाहक बसलाई रोकी सुरक्षा जाँच गर्दा बसमा अवैधरुपमा लुकार्ईएको ५ बोरा सूर्ती (१ सय ७० किलोग्राम ) र ८० किलोग्राम चिनी फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

अवैध सामान नियन्त्रणमा लिई बसलाई गन्तव्य तर्फ पठाएको प्रहरीले जनाएको छ ।