हेटौँडाः महिलामाथि जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका हेटौंडा–१ स्थित हेटौंडा सिटी हस्पिटलका सञ्चालक डा. बसिम राईलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । जिल्ला अदालतले आइतबार डा राईलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
भदौ १९ गते हेटौंडा–१ स्थित डा. राईको आफ्नै कोठामा आफूमाथि जबर्जस्ती करणी गरेको भनी पीडित महिलाले उजुरी दिएपछि डा. राईलाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालतका श्रेस्तेदार लेखनाथ पौडेलले बताउनुभयो । यस्तै, जबरजस्ती करणीको मुद्दामा पुर्पक्षमा रहेका ईन्द्रप्रसाद बन्जाराको आइतबार सुनुवाई हुने भनिएको मुद्दा स्थगित भएको छ । ५ महिनाअघि मनहरीकी एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बन्जारालाई पक्राउ गरेको थियो ।
