हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट भदौ महिनामा एक हजार ७ सय ६१ जनाले राहदानी लिएका छन् । ७ सय ७६ जना महिला र ९ सय ८५ जना पुरुषले राहदानी लिएका हुन् ।
राहदानीबाट १ करोड ६१ लाख २४ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका नायवसुब्बा विनोद अर्यालले जानकारी दिनुभयो । राहदानी फर्म बाहिरतिरबाट भरेकोमा धेरै समस्या र चुनौती रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका अधिकृत आशाबहादुर थिङ लामाले बताउनुभयो । राहदानी फर्म भरेको प्रक्रियाहरु सम्पन्न भइसकेको र त्यो राहदानीका लागि लागेको बक्यौता पछिको भरेको फर्ममा जोड्ने उहाँले बताउनुभयो ।











