Home मुख्य समाचार मकवानपुरमा प्राथमिक तहका १६ शिक्षकको श्रेणी बढुवा

मकवानपुरमा प्राथमिक तहका १६ शिक्षकको श्रेणी बढुवा

हेटौंडाः कार्यसम्पादन मूल्यांकनबाट मकवानपुर जिल्लाभरिका विद्यालयहरुबाट १६ जना प्राथमिक तहका शिक्षकहरु तृतीय श्रेणीबाट द्वितीय श्रेणीमा बढुवा भएका छन् । आइतबार बढुवा भएका शिक्षकहरुलाई शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले नियुक्तिपत्र बुझाएको छ ।

बढुवा हुनेमा हेटौंडा उपमहानगरपालिकाबाट १० जना, मकवानपुरगढी गाउँपालिकाबाट ३ जना, मनहरी गाउँपालिका, भीमफेदी गाउँपालिका र बकैया गाउँपालिकाका विद्यालयहरुबाट एक–एकजना गरी १६ जना प्राथमिक तहका शिक्षकहरु रहेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्राविधिक प्रेमचन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो ।

बढुवा भएका शिक्षकहरुले तलब वृद्धि, श्रेणी वृद्धि र ग्रेड वृद्धिजस्ता सुविधा पाउनेछन् । प्राविधिक चौधरीका अनुसार ५ वर्ष स्थायी सेवा पूरा गरेका शिक्षकको कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गर्ने गरिएको छ ।

Exit mobile version