हेटौंडाः मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको मधुवन गाउँपालिका–२ बस्ने ४० वर्षीया सलमा खातुन र हेटौंडा उपमहानगरपालिका–१५ बस्ने ३२ वर्षीय सामुएल प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
मंगलबार राति ९ बजेको समयमा हेटौंडा–११, थानाभ¥याङस्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा मनहरीबाट वीरगञ्ज जाँदै गरेको ना ६ ख १५८६ र सोही दिशाबाट आउँदै गरेको ग ७ ख २२४० नम्बरको यात्रुबाहक बसलाई रोकी सुरक्षाजाँच गर्ने क्रममा बसमा सवार रहेका खातुन र प्रजाको साथबाट प्रहरीले गाँजा फेला पारेको हो । प्रहरीले खातुनको साथबाट ३ किलो १ सय ग्राम र प्रजाको साथबाट ७ किलो २ सय ५० ग्राम लागूऔषध गाँजा बरामद गरेको हो । प्रजा र खातुनलाई नियन्त्रणमा लिई बस गन्तव्यतर्फ पठाएको प्रहरीले जनाएको छ ।