हेटौँडाः चितवन जिल्लाको रत्ननगर नगरपालिका–५, मगर टोल नजिकै गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४४ वर्षीय फगुना महतो रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
शनिबार महतो जनकौली सामुदायिक वन भित्र रहेको ढुङ्गे खोलामा माछा मार्न गएकोमा गोहीको आक्रमण परि मृत्यु घटना स्थलमै मृत्यु भएको थियो । मुचुल्का पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल भरतपुर लगिएको प्रहरीले जनाएको छ ।