
हेटौंडाः सशस्त्र प्रहरी बल, नेपाल १४ नम्बर गण हेडक्वाटर मकवानपुरले झण्डै एक हजार किलो लागु औषध गाँजा, कन्टेनर ट्रकसहित २ जना भारतियलाई पक्राउ गरेको छ । आइतबार बिहान ४ बजेर ३० मिनेटको समयमा हेटौंडा उपमहानगरपालिका–१०, पुर्व–पश्चिम लोकमार्गमा स्थित बसपार्कबाट सशस्त्र प्रहरीले ९ सय १९ किलो ३ सय २४ ग्राम लागुऔषध गाँजा, कन्टेनर ट्रकसहित २ जना भारतियलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल, १४ नम्बर गण हेडक्वाटर मकवानपुरका प्रहरी नायव उपरिक्षक अनिल कार्कीले बताउनुभयो ।
मकवानपुर सशस्त्र प्रहरी बल, नेपाल १४ नम्बर गण हेडक्वाटका सुमन ठकुरीको कमाण्डमा खटिएको ७ जनाको टोलिले चितवको खुरखुरेबाट वीरगज तर्फ जान आएको एनएल ०१ एसी २१४५ नम्बरको ६ चक्के डिब्बावाल कन्टेनरबाट गाँजा बरामद गरेको हो । ट्रकको सुरक्षजाँच गर्दा कन्टेनरको ड्राईभर पट्टीको भित्तामा २ फिटको फल्स बटम बनाई लागुऔषध गाँजा ल्याएको अवस्थामा फेला पारेको हो । प्रहरीले चालक भारत बलरामपुर जिल्लाको बिर्तापुरका ४५ वर्षीय दुलारे यादव र सह चालक सोही स्थानका ३६ वर्षीय योगेश वर्मालाई पक्राउ गरेको हो । प्रहरीले उनिहरुको साथबाट नेपाली ५ हजार ७ सय रुपैयाँ र भारतिय ८ हजार ६ सय ३० रुपैयाँ सहित ३ वटा मोबाइल फोन समेत बरामद गरेको छ ।