सांकेतिक तस्वीर ।

हेटौँडाः हेटौँडा–१०, भुटनदेवी मोडबाट प्रहरीले लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–५ पिप्लेका ३१ वर्षीय दिपेन्द्र सुनार र बागमती गाउँपालिका–६, फापरबारीकी २१ वर्षीया रुपा बिश्वकर्मा रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बुधबार राती ११ बजेर ३० मिनेटको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शंका लागी पैदलयात्री सुनार र विश्वकर्मालाई सुरक्षाजाँच गर्दा उनिहरुको साथबाट प्रहरीले लागुऔषध ब्राउन सुगर १३ ग्राम फेला पारी बरामद गरेको थियो । लागुऔषध ब्राउन सुगरसहित दुबै जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।