हेटौंडाः जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरले मंगलबार सहकारीका महिलाहरुलाई उत्प्रेरणा कार्यक्रम गरेको छ । हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा तीजको अवसर पारेर उत्प्रेरणा कार्यक्रमको आयोजना गरेको संघकी अध्यक्ष कल्पना श्रेष्ठले बताउनुभएको छ ।
तीजको रमाइलोमात्र नभई केहि हदसम्म महिलाहरुलाई प्रेरणा मिलोस् भनेर सहकारीले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बागमती प्रदेशको समाजिक विकासमन्त्री कुमारी मोक्तान प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा जिल्लाभरिका सहकारीका अध्यक्ष, व्यवस्थापकलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिल्लाभरिका सहकारीको प्रतिनिधित्व हुनेगरी ५ वटा सञ्जाल गठन गरिएको थियो । संयोजक, सहसंयोजक, सदस्यसचिव र बाँकी सदस्यसमेत ७ जना रहनेगरी सञ्जाल बनाइएको थियो ।











