गोरक्षेश्वरस्थित क्वारेन्टाइनको अवलोकन गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामासहित स्वास्थ्यकर्मीहरु ।

हेटौंडाः हेटौंडा–१०, स्थित गोरक्षेश्वर मन्दिरको सभाहलमा निर्माण गरिएको क्वारेन्टाइन आइतबारबाट सञ्चालनमा आएको छ । हेटौंडा उपमहानगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा उपमहानगरभित्रका बासिन्दालाई मात्र राखिने भएको छ । आइतबार पहिलो दिन ७ जना क्वारेन्टाइनमा आइपुगेका छन् । भारतबाट आएका उनीहरुलाई हेटौंडा अस्पतालले उनीहरुको ट्राभल हिस्ट्रिको आधारमा रेफर गरेको क्वारेन्टाइनका इन्चार्ज टिएन ढुंगेलले जानकारी दिनुभयो ।

७ जना मध्ये ३ जना बागमती गाउँपालिकाका, ३ जना बकैयाका र १ जना हेटौंडा उपमहागरपालिका वडा नम्बर १३ का रहेका छन् । बागमती गाउँपालिकाका ३ जनालाई आज सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा पठाइएको छ भने बकैयाका ३ जनालाई सम्बन्धी पालिकाको क्वारेन्टाइनमा पठाइने तयारी भएको छ । इन्चार्ज ढुंगेलका अनुसार बकैया गाउँपालिकासँग समन्वय भैसकेको र रातिसम्म उनीहरुलाई लिन गाडि आउने जानकारी आएको बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिकाले सुचारु गरेको क्वारेन्टाइनको सम्पूर्ण खर्च हेटौंडा उपमहानगरले व्यहोर्ने छ । क्वारेन्टाइनमा आएकाहरुलाई आवश्यक समन्वय गर्ने र सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइने इन्चार्ज ढुंगेलले बताउनुभयो । कोरोनाको संक्रमण बढ्दै गैरहेकाले २५ बेडको क्वारेन्टाइनमा धेरै बस्न नमिल्ने भएका कारण सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा पठाउन सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।