हेटौंडाः नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल हेटौंडा–८, वडा कमिटीको आयोजनामा लोकतान्त्रिक ऐतिहासिक पार्क सरसफाइ गरिएको छ । शनिबार बिहान हेटौंडा–८, राजपानी टोलस्थित लोकतान्त्रिक ऐतिहासिक पार्कको सरसफाइ गरेको हो ।
देश बनाउने अभियान आफ्नै वडाबाट भन्ने अभियानको साथ युवा संघले सरसफाई कार्यक्रमको आयोजना गरेको हो । राष्ट्रिय युवा संघ नेपाल हेटौंडा–८, वडा कमिटी अध्यक्ष विशल थापाको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य रामेश्वर राणाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष एवम प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय लेखा आयोग अध्यक्ष सन्तोष पौडेल, प्रदेश कमिटी सदस्य गोपाल श्रेष्ठ, अन्तर जिल्ला कमीटी सचिव प्रभाव सिमखडा लगायत पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।