हेटौंडाः नेपाली कांग्रेस नगर समिति हेटौंडा उपमहानगरपालिकाद्वारा हरितालिका तिजको अवसरमा तिज विशेष तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । शनिबार नेपाली कांग्रेस हेटौंडा नगर उप–सभापती डोल्मा स्याङ्बोको अध्यक्षता तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य नानू बास्तोलाको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा उपमहानगरका १९ वटै वडाका महिलाहरको उपस्थिति रहेको थियो । कार्यक्रममा महिलाहरुलाई दर समेत खुवाउने कार्यक्रम रहेको थियो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठ, बागमती प्रदेश सदस्य जानकी लामा, जिल्ला सचीव भिमसेन महत, जिल्ला–सह सचिव इन्दिरा न्यौपाने, हेटौंडा नगर सभापति उत्सव ईटेनी, नगर सचीव तथा हेटौंडा–१, का वडा अध्यक्ष सबिन न्यौपाने, पुर्व सभापति रामचन्द्र अर्याल (माईकल), नि–वर्तमान अध्यक्ष आनन्दराम पराजुली, नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु, हेटौंडा उमनपा का १९ वटै वडाका सभापतिहरु, विभिन्न संघ संगठनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।