हेटौँडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–३, बेलचोकमा रहेको मानवसेवा आश्रममा आश्रित एकजना वृद्धको मृत्यु भएको छ ।
गोर्खा जिल्ला घर भएका ८५ वर्षीय प्रेम बहादुर गुरुङको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । २०७८ साउन १४ गतेदेखि गुरुङ आश्रममा बस्दै आएका थिए । गुरुङको सोमबार आश्रममै मृत्यु भएको प्रहरीले जनाएको छ ।