गुगल तस्विर ।

हेटौँडाः गत असार १५ गते पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–११, नवलपुरमा बसमा पल्टिदा घाइते भएका महोतरी जिल्लाको जलेश्वर नगरपालिका–१ का ३२ को राकेश पाण्डेको मृत्यु भएको छ । चितवनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा पाण्डेको आइतबार राति १० बजेर १० मिनेटको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गत असार १५ गते दिउँसो १ बजेको समयमा चितवनबाट जनकपुरतर्फ जाँदै गरेको ना ६ ख ९८०४ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकबाट २० मिटर तल पल्टिदा पाण्डे घाइते भएका थिए । बस दुर्घटनामा अन्य ५२ जना घाइते भएका थिए ।