गुगल तस्विर ।

हेटौँडाः विभिन्न घटनामा ३ जनाको मृत्यु भएको छ । काभ्रे, नुवाकोट र दोलखामा विभिन्न घटनामा परी ३ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

काभ्रे जिल्लाको रोशी गाउँपालिका–११, रोशीखोलामा एकजना वृद्ध मृत फेला परेका छन् । मृत फेला पर्ने सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–५, चिसापानी घर भई हाल रोशी गाउँपालिका–९, लाजपालस्थित चर्चका ७२ वर्षीय जित बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । शनिबार बिहान ७ बजेको समयमा रोशी नदीको बीच भागको ढुङ्गामा अड्केको अवस्थामा गुरुङको शव फेला परेको प्रहरीले जनाएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यस्तै, नुवाकोट जिल्लाको बिदुर नगरपालिका–१०, बेत्रावतीमा टिफरको टायरले च्याप्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–१ गोगनी घर भई हाल बिदुर नगरपालिका बस्ने ३७ वर्षीय कामी तामाङ रहेको प्रहरीले जनाएको छ । शनिबार उत्तरगया हार्डवयरको बालुवा डिपोमा बा ४ ख ४३४२ नम्बरको टिफर बालुवा लोड गर्दा ब्याक गर्ने क्रममा पछाडीको टायरले च्याप्दा तामाङ गम्भिर घाईते भएका थिए । घाइते तामाङलाई उपचारका लागि जिल्ला अस्पताल नुवाकोट लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, दोलखा जिल्लाको भिमदत्त नगरपालिका–८, बोचमा एकजना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ३८ वर्षीय ज्ञान बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । तामाङ शनिबार बिहान ८ बजेर ३० मिनेटको समयमा आफ्नै घरमा सुतेकोमा ठाउँमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।