हेटौँडाः मनहरीे सामुदायिक आँखा केन्द्रमा भएको शिविरमा १ सय ३२ जनाले आँखा परीक्षण गरेका छन् । हेटौँडा सामुदायिक आँखा अस्पताल तथा सामुदायिक आँखा केन्द्र मनहरीको आयोजनामा भएको शिविरमा १ सय ३२ जनाले जाँच गराएका आँखा केन्द्रका प्रमुख चन्द्रा लेखीले जानकारी दिनुभयो ।
आँखा जाँच गराएका मध्ये धेरैमा आँखाको कमजोरी, आँखा पाकेको साथै ११ जनामा मोतिविन्दुको समस्या समेत देखिएको छ । आँखाको जाच्न तीनजना आँखा विशेषज्ञ डा. सुशील कुमार सिंह, डा.चन्द्रकान्त चौधरी र डा. आँचल शर्माले गर्नु भएको थियो । शिविरमा नेपाल रेडक्रस सोसाईटि उपशाखा मनहरी तथा मनहरी गाँउपालिकाको सहयोग रहेको थियो । आँखा शिविरमा स्काउटका विद्यार्थीहरुले सहयोग गरेका थिए ।