हेटौँडाः मकवानपुर प्रहरीले भन्सार छलेर ल्याएको अवैध कपडा बरामद गरेको छ । मंगलबार हेटौंडा–१५ स्थित रातोमाटेबाट १ लाख ६३ हजार रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीले वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ५०४१ नम्बरको यात्रुबाहक बसलाई सुरक्षाजाँच गर्ने क्रममा बसको दाहिने साईडको डिक्कीमा लुकाई छिपाई ल्याएको कुर्था सुरुवाल १३३ थान, बनारसी साडी १५ थान बरामद गरेको हो । कपडा नियन्त्रणमा लिएर बसलाई गन्तव्यतर्फ पठाएको प्रहरीले जनाएको छ ।
