गुगल तस्वीर

हेटौँडाः सिन्धुली जिल्लाको हरिहरपुरगढि गाउँपालिका–३ कुडुलेमा बिच्छिले टोक्दा बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रमिला पाख्रिनको छोरी ५ वर्षीया सोनिया पाख्रिन रहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

आइतबार राती ११ बजेको समयमा आफ्नै घरको ओछ्यानमा बिच्छिले टोक्दा पाख्रिन घाइते भएकी थिइन् । पाख्रिनलाई उपचारको लागी जिल्ला अस्पताल मकवानपुर ल्याईएकोमा उपचारको क्रममा साँझ ६ बजेर ४५ मिनेटको डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।